बिहीबार, चैत १५, २०८०

अन्तिममा सूर्यले पृथ्वीलाई खानेछ ! सूर्यको बारेमा केही रोचक कुराहरु

नेपालखोज २०७७ साउन ७ गते ११:५५

सूर्य सौर्यमण्डलको केन्द्रविन्दुमा पर्ने एक विशाल तारा हो । पृथ्वीमा हुने जतिपनि जलवायु र मौसम परिवर्तनमा सूर्यको नै ठूलो भूमीका रहेको हुन्छ। यही सूर्यको बारेमा केही रोचक कुराहरुः

१. सूर्यभित्र झन्डै १० लाख वटा पृथ्वी अटाउँछ
यदि सूर्यभित्र गोलाकार पृथ्वीलाई राख्ने हो भने करीब ९,६०,००० वटा पृथ्वीहरू अटाउन सक्छन्।

२.सूर्य लगभग पूर्ण गोलाकार छ
सूर्यको ध्रुवीय व्यास र भू मध्यरेखाको व्यासको बीचमा केवल १० किलोमिटरको फरक रहेको छ। यसको आकारलाई हेर्ने हो भने, प्रकृतिमा भएका सबै गोलाकार वस्तुहरूभन्दा सूर्यको गोलाकारलाई पूर्ण गोलाकार भन्न मिल्दछ।

३. गुरुत्वाकर्षण
सूर्यमा पृथ्वी भन्दा २८ गुणा बढी गुरुत्वाकर्षण छ।

४. सूर्यले गर्दा हामीले भोजन पाउछौँ
सूर्यबाट प्राप्त प्रकाशले नै पृथ्वीका समस्त वनस्पति जगतले प्रकाश संश्लेषण प्रक्रिया बाट आफ्नो भोजन बनाउँछन् । यसरी वनस्पतिले बनाएको भोजनबाट हामी भोजन प्राप्त गर्छौं ।

५. दुरी
सुर्य पृथ्वीबाट १४ करोड ८८ लाख किलोमिटर टाढा छ

६. अन्ततः सूर्यले पृथ्वीलाई खानेछ
जब सूर्यमा भएका सबै हाइड्रोजन ग्यास बलेर सिकिन्छ, तब १३०० लाख वर्षसम्म सूर्यमा भएका बाँकी हिलियम ग्यास बल्दै सूर्यको आकार बढ्नेछ। यसरी बढ्दै गर्दा सूर्यको नजिक हुने ३ ग्रहहरू – बुध, शुक्र र पृथ्वी – लाई सूर्यले पूर्ण रूपमा निल्नेछ, र त्यतिबेला सूर्य ‘रेड जायन्ट’ मा परिवर्तन हुनेछ।  – एजेन्सीको सहयोगमा

प्रतिक्रिया