शुक्रबार, चैत १६, २०८०

त्रिवि अन्तर्गतका क्याम्पस खुले, स्थगित परीक्षा सञ्चालन गर्ने तयारी

नेपालखोज २०७७ साउन ७ गते १३:१७

काठमाडौँ । करिब चार महिनादेखि बन्द त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस खुलेका छन् । सरकारले लकडाउन हटाउने निर्णय गरैसँगै क्याम्पसहरु खुलेको विश्वविद्यालयले जनाएको छ । तर, क्याम्पसमा पढाइ भने भएको छैन् ।

सरकारले नियमित पठनपाठन र पुस्तकालय खोल्न अझै रोक लगाएकाले अरु काम सञ्चालन गर्नेगरी क्याम्पस खुलेको विश्वविद्यालयले जनाएको छ । क्याम्पस खुलेसँगै त्रिविले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

चैतमा रोकिएको स्नातक र स्नातकोत्तर तहका परीक्षा तथा पठनपाठन सञ्चालन गर्नेबारे छलफल भैरहेको त्रिविले जनाएको छ । कोरोनाको सङ्क्रमण कम हुँदै गएमा भदौ पहिलो हप्ताभित्र परीक्षा गर्ने विश्वविद्यालयको तयारी छ ।

प्रतिक्रिया