शुक्रबार, चैत १६, २०८०

लकडाउन हटाइएसंगै कोरोनाको जोखिम बढ्यो

नेपालखोज २०७७ साउन ८ गते १७:३७

काठमाडौं । संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् । उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् ।

लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ । कोरोना संक्रमणको जोखिम रहेकाले अझै पनि सार्वजनिक स्थलमा भीडभाड नगर्न र सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने बताउनुभयो । नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पनि जोखिम झनै बढेको बताए ।

प्रतिक्रिया