शनिबार, वैशाख १५, २०८१

एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु

नेपालखोज २०७७ साउन ८ गते १७:४२

झापा । झापाको भद्रपुर नगरपालिका २ को कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ ।

पोखरीमा डुबेर भद्रपुर २ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङ, सोहि ठाउँका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

हिजो दिउँसो घरबाट खेल्न निस्किएका अङ्कुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे मृतावस्थामा फेला परेका थिए ।

उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजी गर्ने क्रममा त्यही पोखरीभित्र गाडिएको अवस्थामा शव भेटिएको प्रवक्ता थापाले बताए । माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया