आइतबार, जेठ ६, २०८१

थोपा-थोपा पानीका लागि तड्पिरहेको अफ्रिका

नेपालखोज २०८० भदौ २ गते ९:०७

अफ्रिका । त्यहाँ बालीनाली छैन, फलफूल छैन, अफ्रिकाका धेरै क्षेत्रमा अहिले पानीको हाहाकार मात्र छ । पानी बिना १.४ करोड जनताको जीवन खतरामा छ । इथियोपियामा अवस्था बिग्रँदै गएको छ ।

वर्षाको पर्खाइमा भाँडाहरू खाली छन्। कतै एक थोपा पनि ताजा पानी छैन । इथियोपियाले ३० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । अफ्रिकाका अन्य क्षेत्रहरूमा पनि यस्तै अवस्था छ।

ठूलो घाटा

इथियोपियाका अधिकांश मानिसहरू कृषिमा निर्भर छन् । अफार क्षेत्रका एक व्यक्तिका अनुसार – यहाँ अन्तिम वर्षा रमजानको समयमा भएको थियो। सन् २०१५ को जुलाईदेखि एक थोपा पनि पानी परेको छैन । खेतहरू सुख्खा छन् । गाईवस्तु मरिरहेका छन् ।

बालबालिकाहरुका लागी खतरा

यो खडेरीले १९९४ को अनिकाललाई पुनर्जीवित गरेको छ । त्यतिबेला इथियोपियामा लाखौं मानिस मारिएका थिए । यो देशले फेरि एकपटक भोकमरीको सामना गरिरहेको छ । सरकारका अनुसार चार लाख बालबालिकालाई तत्काल चिकित्सा सहायता आवश्यक छ ।

एल निनोको प्रभाव

जिम्बाब्वेमा मकै बाली नष्ट भएको छ । मकैका घोघाहरू बोट मै सुकेका छन्। यसका लागि जलवायुको एल निनो पद्धतिलाई जिम्मेवार मानिएको छ जसका कारण विश्वभरको मौसम असामान्य भएको छ ।

मर्दै गाईवस्तु

तिर्खाएका गाईबस्तु पूरै थाकेका छन । उनीहरु उभिन पनि सक्दैनन् । जिम्बाब्वेका किसानहरू कुनै न कुनै रूपमा उनिहरुलाई जिबित राख्न चाहन्छन्। भोक र तिर्खाले पशुपन्छीलाई पनि सास फेर्न गाह्रो भएको छ ।

नदी मरुभूमिमा परिणत

दक्षिण अफ्रिकाको डरबनबाट केही टाढा एउटा ठाउँमा सधैं पानी हुन्थ्यो । त्यहाँ ब्लाक उमफोलजी नदीको बहाव निकै तीव्र थियो तर अहिले मानिसहरूले यो खोलाको बालुवा खनेर ओसिलोबाट थोपा थोपा पानी संकलन गरिरहेका छन् ।

अनिकाल र मुद्रास्फीति

अफ्रिकी देश मलावीमा पनि खडेरीले डरलाग्दो संकट सिर्जना गरेको छ । राजधानी लिलोङवेमा खाद्यान्नको मूल्य आकाशिएको छ। भाउ यति महँगो छ कि स्थानीयले थोरै खानेकुरा पनि मुस्किलले किन्न सकेका छन् ।

प्रतिक्रिया