शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि

नेपालखोज २०७७ साउन ८ गते १७:५५

काठमाडौं । कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ देखि सुरु गर्ने तयारी गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रोकिएको प्रशिक्षण सुरु गर्ने तयारी गरिएको जनाएको छ ।

कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि लकडाउन लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो ।

सरकारले चार महिनापछि लकडाउन खुल्ला गरेपछि अब खेलकुदको लागि प्रशिक्षण गर्ने बाटो खुलेको हो । नेपालले विश्वकप छनोटअन्तर्गत अक्टोबर/नोभेम्बरमा घरेलु मैदानमा खेल्दैछ ।

प्रतिक्रिया