बिहीबार, वैशाख १३, २०८१

जिल्ला अदालत काठमाडौंमा नायिका साम्राज्ञीविरूद्ध मुद्धा दर्ता

नेपालखोज २०७७ साउन ९ गते १६:०९

काठमाडौं । अभिनेता भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् ।

शुक्रबार अभिनेता भुवनले नायिका साम्राज्ञीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । उनले १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा दर्ता गराएका हुन्। साम्राज्ञीले आफ्नो छवीमा आँच पुर्‍याएको र त्यसको क्षतिपूर्तिका लागि रकम भराउनुपर्ने उनको दाबी छ।

यसअघि चलचित्र कलाकार संघमा निवेदन दिएका भुवन अन्ततः न्यायालयमा पुगेका हुन् । केही हप्तादेखि लगातार रूपमा नायिका शाहले युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भन्दै उनले मुद्दा दर्ता गराएका हुन्।

यसअघि चलचित्र कलाकार संघमा केसीले दिएको निवेदनमा साम्राज्ञीले आफूविरूद्ध विभिन्न आक्षेपरआरोपहरू लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुरा गरेकाले त्यस विषयमा आवश्यक छानविन गर्न आग्रह गरेका थिए।

केसीको चलचित्र ड्रिम्समा उनलाई अभिनय गराउँदा कुनैपनि किसिमको दुर्व्यवहार नगरेको भन्दै बिनाकारण गाली बेइजती गरेको भन्दै मुद्दा दर्ता गराएका हुन्।

प्रतिक्रिया