बिहीबार, वैशाख ६, २०८१

यस वर्षको इण्डियन प्रिमियर लिग सेप्टेम्बर देखि युएइमा हुने

नेपालखोज २०७७ साउन ९ गते १७:३४

एजेन्सी । कोरोना भाइरस महामारीका कारण स्थागित भएको इण्डियन प्रिमियर लिग (आईपीएल) १९ सेप्टेम्बरबाट सुरु हुने भएको छ ।

भारतमा कोभिड १९ को संक्रमण बढ्दै गएका कारण यसपालिको आइपिएल संयुक्त अरब इमिरेट्स युएइमा हुने भएको छ ।
आइपीएलका अध्यक्ष बृजेश पटेलले पीटीआईलाई जनाए अनुसार प्रतियोगिताको फाइनल ८ नोभेम्बरमा हुने तय भएको छ ।

प्रतिक्रिया