त्रिविअन्तर्गत व्यवस्थापन संकायकाे स्थगित स्नातकोत्तर तहकाे परीक्षा भदाैकाे सातादेखि हुँदै
नेपालखोज
२०७७ साउन ९ गते २२:०८
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले काेराेनाकाे कारण स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने जानकारी दिएकाे छ ।
त्रि.वि अन्तर्गत व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार जारी गरेकाे सूचनामा स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने उल्लेख गरेकाे हाे ।
परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । सरकारले भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन गर्ने निर्णय गरेकाले परीक्षा सञ्चालन गर्न लागिएको सहायक डीन प्रा.डा. ध्रुवकुमार गौतमले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया