सुनकाे भाउ बढ्दाे क्रममा, प्रतिताेला ९७ हजार ५ सय रूपैयाँमा काराेबार
नेपालखोज
२०७७ साउन १२ गते ११:२२
काठमाडौं । साताको दाेस्राे दिन साेमबार सुन प्रतिताेला ९७ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साताकाे पहिलो दिन प्रतिताेला ९६ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे सुन ताेलामा १२ सय रूपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे ।
पछिल्लाे दिनमा सुन दिनप्रति दिन बढ्दै गएकाे छ । गत शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आइतबार ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन साेमबार प्रतिताेला ९७ हजार ६० रूपैयाँमा बिक्री भइरहेको छ ।
पछिल्लो समय चाँदीकाे मूल्य पनि दिनप्रति दिन बढ्दै गएको छ । साताको पहिलो दिन १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएकाे चाँदी दाेस्राे दिन (साेमबार) १ हजार २ सय १० रूपैयाँमा काराेबार भइरहेको महासंघले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया