शुक्रबार, वैशाख ७, २०८१

नाटकको मौसम

नेपालखोज २०७९ पुष २४ गते १३:१२

काठमाडाैं । अहिले नेपालका विभिन्न थिएटरमा ४ वटा नाटक मन्चन भइरहेका छन । मन्चन भैरहेका नाटकमा आरोहण गुरुकुलको नाटक गच्छामि सबैभन्दा अगाडि छ जुन सुनील पोखरेलको परिकल्पना एवं निर्देशन तथा वीरेन्द्र हमालको सह निर्देशनमा तयार पारिएको हो ।

२०७९ पुस १२ गतेदेखि २३ गतेसम्म मन्चित यो नाटक कुञ्ज नाटकघर , थापागाउँ, काठमाडौंमा प्रदर्शन गरिएको थियो । यसैगरी पुस १३ देखि ३० गते सम्म ( मंगलबार बाहेक ) नाटक ज्ञानको चिहान मन्चन भैरहेको छ । पञ्चा सिंहको परिकल्पनाको यो नाटकका लेखक पुर्ण बहादुर गन्धर्व , नरेश रेग्मी तथा आशिष घिमिरे हुन ।

शिल्पी नाटकघर, बतीसपुतलीमा मन्चन गरिएको यो नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका छन् । २८ पौष देखि माघ १५ सम्म (मंगलबार बाहेक) का लागि मन्चन भैरहेको नाटक साथी आइदेउन हरेक साँझ ५ : ०० बजे (शनिवार दिउँसो १ बजे पनि) हेर्न पाइन्छ । कौसी थिएटर, टेकु काठमाण्डौमा मन्चित यो नाटकमा प्रभाकर सरला पराजुली अज राना, दिव्य मगर , सिरिङ्ग शेर्पा, अजा अधिकारी, दिपेन्द्र, विपना रिजाल अशान्त शर्मा आदिले अभिनय गरिरहेका छन् ।

यसैगरी चेतना नाटय समूह, इलामको प्रस्तुतिमा नाटक महामारा पनि मन्चनमा छ । लेखक बसन्त बस्नेतको रचनालाई अन्वेश राई थुलुङ्गले नाट्य रूपान्तरण तथा निर्देशन गरि तयार पारेको यो नाटक नारी विकासको सभाहल , इलाममा मन्चन भैरहेको छ । पौष २० देखि मन्चन प्रारम्भ भएको यो नाटक पौष ३० गतेसम्म देखाइने बताइएको छ । यो नाटक दिनको ४:३० बजे प्रदर्सन गरिन्छ भने शनिबार दिउँसो १२ बजे यसको अतिरिक्त शो देखाइन्छ ।

प्रतिक्रिया