महाधिवेसनसम्म ओलीलाई दुवै पदमा कायमै राख्न गौतमको प्रस्ताव

नेपालखोज २०७७ साउन १३ गते १३:२४

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीले कुनै पनि पदबाट राजीनामा दिन नपर्ने बताएका छन् ।

ओली एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री हुनपर्ने उनले प्रस्ताव गरेका छन् । आज ६ बुँदे प्रेस नोट जारी गर्दै गौतमले एकताको महाधिवेशनसम्म पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अध्यक्ष रहनुपर्ने समेत बताए ।

साथै एकताको महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् । त्यस्तै पार्टीको अबका बैठकहरु भने बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने पनि गौतमको प्रस्ताव छ ।

मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया