बुधबार, असार १८, २०८२

मानव जातिको अस्तित्वका लागि बाघ जोगाउन आवश्यक : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ साउन १४ गते ८:३९

काठमाडौं । बाघ नेपालको पहिचान भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताएका छन्। अ

न्तर्राष्ट्रिय बाघ दिवस (२०२० को उपलक्ष्यमा आज बिहान भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्त्व दुवै भएको बताएका हुन् ।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलेले बाघको संख्या बढ्दै गर्दा मानवसँग द्वन्द्व बढ्न सक्ने सम्भावना पनि रहेको धारणा राखेका छन्।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘सकेसम्म बाघ र स्थानीय समुदाय बीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुन्जको व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

ओलीले अगाडि भनेका छन्, ‘आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ। द्वन्द्व पीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम सञ्चाचालन गर्नका लागि सम्बन्धित सबै पक्षलाई म हार्दिक आह्वान गर्छु।’

प्रतिक्रिया