बुधबार कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतककाे संख्या ५२ पुग्याे
काठमाडाै । नेपालमा बुधबार कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना पर्सा जिल्लाका रहेका छन् भने १ जना माेरङका हुन् ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत वीरगन्ज महानगरपालिका ६ माईस्थानका ७० वर्षीय बृद्धको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्टले बताए । त्यस्तै गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको पुष्टि गरे । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
मृतकलाई बुधबार विराटनगरको कोसी अस्पतालले रिफर गरेको थियो । निमोनियाको समस्या देखिएका उनलाई दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको पौने पाँच बजे मृत्यु भएको अस्पतालले जनाएको छ। गरिएकाे थियाे उनकाे उपचारकै क्रममा बेलुका मृत्यु भएकाे हाे ।
नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार बिहान करिब २ बजे मृत्यु भएको हाे । त्यहाँ उपचार सम्भव नभएपछि ती बृद्धलाई वीरगञ्जकै बयोधा अस्पतालमा उपचारको लागि लग्दा त्यहाँ पिसिआर रिपोर्ट मागिएकाले उनलाई मंगलवार नारायणी अस्पतालमा लगिएको थियो ।
गण्डक अस्पतालमा बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमितमा भने मुटुको समस्या रहेको अस्पतालले जनाएकाे छ । उनलाई गत साउन ८ गते अस्पताल भर्ना गरिएको थियो। त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण देखिएकाे हाे ।

प्रतिक्रिया