साढे ४ महिनादेखि बन्द होटलव्यवसाय आजदेखि संचालन हुँदै
काठमाडौं । काठमाडौं, पोखरा र चितवनका होटल आजदेखि आंशिकरूपमा सञ्चालनमा आउने भएका छन्। कोरोना जोखिमकाबीच होटल सञ्चालनमा आउन पाउने भएपछि व्यवसायी उत्साहित देखिएका छन्। स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने गरी होटल सञ्चालनमा ल्याइने होटल व्यवसायीले बताए।
लकडाउनका कारण करिब साढे ४ महिनापछि होटल सञ्चालनमा आउने भएका छन्। गत साउन ६ गतेबाट लकडाउन अन्त्यसँगै साउन १५ बाट होटल व्यवसाय सञ्चालनमा ल्याउने सरकारको निर्णयपछि होटल पुनः सुचारु गर्ने तयारीमा व्यवसायी जुटेका हुन्।
पर्यटकीय हिसाबले अहिले अफ सिजन भएको र कोरोना जोखिम बढी रहेकाले पनि होटल आंशिक मात्रै खोलिने र आगामी सिजनको तयारी गरिने होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले जानकारी दिए। बिहीबारबाट प्रायः ठूला तारे होटल सञ्चालनमा नआए पनि साना तथा मझौला र पर्यटकस्तरीय होटल खुल्ने तयारी भइरहेको छ।
आगामी २ महिना होटल खोलेर आम्दानी हुनेभन्दा पनि सञ्चालन खर्च मात्र बढ्ने भएको भन्दै शाहले ठूला होटलको सञ्चालन खर्च बढी हुने हुँदा तत्काल खोली हाल्ने अवस्था नरहेको बताए। पाँचचारे होटलमा सांग्रिला खुल्ने भएको छ भने सोल्टी, मेरियटलगायत होटल लकडाउनमा पनि खुला थिए। भदौ १ गतेबाट उडान खुलेपछि तारे होटल सञ्चालन आउने तयारी भइरहेको बताइएको छ।
‘

प्रतिक्रिया