सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको ९९ हजार पुग्यो

नेपालखोज २०७७ साउन १५ गते १०:३९

काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । आज सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको मूल्यले रेकर्ड बनाए पनि चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया