हुवावेको ‘बेटर वर्ल्ड समिट’ सकियो
काठमाडौं । हुवावेले ग्लोबल क्यारियर र केही मिडिया आउटलेट, विश्लेषक र विश्वभरका सरकारी अधिकारीहरुलाई लक्षित गरि ३ दिन लामो अनलाइन कार्यक्रम ‘बेटर वर्ल्ड समिट’ आयोजना गरेको थियो । महामारीले हाम्रो काम र जीवनको हरेक पक्षमा छुने गरि संसारलाई परिवर्तन गरेको छ । यो शिखर सम्मेलन कोभिड–१९ को महामारीसंग कसरी अझ प्रभावकारिताका साथ लड्न सकिन्छ र महामारीपश्चात् आर्थिक सुधार कसरी बढाउन सकिन्छ भनेर अन्वेषण गर्ने हिसाबले डिजाइन गरिएको थियो । दूरसंचार वाहक, नियामकहरु, विश्लेषकहरू, मिडिया र विश्वभरका यसका साझेदारहरुको साथ हुवावेले जुलाई २७–२९ को अवधिमा आईसीटीले कसरी बृहत क्षेत्रमा नयाँ भ्यालु प्रदान गर्दैछ भन्ने कुराको बारेमा छलफल गर्नुको साथै यसले उज्ज्वल र सम्पन्न भोलिको लागि राख्ने रणनितिक आधारहरु को अन्वेषण पनि गर्यो ।
हुवावेले उक्त कार्यक्रमको लिंक ईमेलको माध्यमबाट नेपाल सहित आफ्नो लक्षित दर्शकहरुलाई पठाएको थियो । मिडिया, विभिन्न उद्योग र सरकार सम्बन्धित प्राधिकरणका करीव ५० जनालाई नेपालबाट सहभागी हुन आमन्त्रित गरियो । इच्छुक सहभागीहरुले उनीहरूको ईमेल ठेगाना दर्ता गरेर कार्यक्रममा सामेल भए । बेटर वल्र्ड समिट सम्मेलन चिनियाँ, अंग्रेजी, स्पेनिश, फ्रान्सेली, रूसी, कोरियाली, जापानी र अरबीमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
अनलाइन ‘बेटर वर्ल्ड समिट’ सम्मेलनको उद्घाटनको दिन हुवावेका राटेटिंग अध्यक्ष गुओ पिङले पाँच प्रमुख टेक डोमेनको तालमेलले व्यवसायिक सफलताको लागि छन् को भूमिका कसरी अनलक गर्न मद्दत पुर्याउँछ भनेर बिस्तार गर्नुभयो । चाइना टेलिकम, एटिसलाट, एमटीएन, जीएसएमए र ३ जीपीपी÷ईटीएसआईका अतिथि वक्ताहरू लाई ८० भन्दा बढी देशहरूबाट आएका हजारौं अनलाईन सहभागीहरूले सूचना तथा सञ्चार टेक्नोलोजी (आईसीटी)ले कसरी यस महामारीको बेला अहिले र पछिको नयाँ आर्थिक वृद्धिलाई उर्जा दिन सक्दछ भन्ने कुरामा छलफल गर्न साथ दिए ।
“आईसीटी कम्पनीका रूपमा यस महामारीलाई नियन्त्रण र पराजित गर्न हामीले हामी सँग भएको टेक्नोलोजीको प्रयोग गर्नु हाम्रो जिम्मेवारी हो,” गुओले भने, हाम्रा साझेदार र ग्राहकहरूसँग मिलेर सबै प्रकारका सेवा प्रदाएक र उद्यमहरू सहित हामी हाम्रो समुदायहरूमा सकारात्मक प्रभाव पार्न टेक्नोलजिकल समाधानहरूको प्रयोग गर्न सक्छौं ।
छन् व्यवसायिक रूपमा सफल हुनको लागि सम्पूर्ण उद्योगहरूले मिलेर काम गर्नु आवश्यक छ । भर्टिकल उद्योग अनुप्रयोगहरू तब मात्र एउटा स्केलमा पुनरुत्पादित गर्न सकिन्छ जब उद्योग मापदण्ड र सहयोगी ईकोसिस्टम एक जुट हुन्छ । “अगाडि बढ्दै जादा हुवावेले हाम्रा साझेदारहरूलाई उनीहरूको क्षमता प्रदान गर्न दोब्बर प्रयास गर्नेछ,” गुओले भने, हामी संयुक्त इनोभेशनको प्रचार गर्नेछौं र भ्यालु चेन ९ख्बगिभ ऋजबष्ल० मा रहेका सबैको वृद्धि गर्नेछौं ।
दोस्रो दिन हुवावेका कार्यकारी निर्देशक र क्यारियर बिजिनेस का अध्यक्ष रायन टिङले ‘बेटर वल्र्ड समिट २०२०’ मा किनोट स्पिच दिनुभयो । टिङका अनुसार कोभिड–१९ संकट विश्वव्यापी रूपमा फैलिरहँदा नेटवर्क निर्माण र ब्यापार विकासको चार क्षेत्रमा क्यारियर तयार हुन आवश्यक रहेको जसले चाँडै नै नेटवर्क क्षमताको भरपुर प्रयोग गर्दछ र व्यापार बृद्धि गर्न प्रेरित गर्दछ ।
विगत ३० बर्षमा सूचना प्रविधिहरू द्रुत गतिमा अगाडी बढेका छन्, जसले मानिसहरूको जीवन र काम सजिलो बनाएको छ । कोभिड–१९ महामारीले यो देखायोे कि डिजिटल संरचनाहरूको गतिले टेक्नोलोजिकल विकाससँग तालमेल राखेका छैनन् । आईटीयूका अनुसार विश्वको आधाभन्दा बढी जनसंख्यासँग अझै न त इन्टरनेटको पहुँच छ, न त अन्य डिजिटल प्रविधिहरूको पहुँच छ । मुलुकहरूमा अर्थतन्त्र सुस्ताउदै गर्दा, सरकारहरू आर्थिक सुधारको रणनीति प्रति बढी चासो छन् । “हामी अधिक कनेक्टेड, इन्टेलिजेन्ट र इनोभेटिभ भविष्यको कल्पना गर्दछौं,” चेनले भने । “सबै भन्दा पहिले, हामीले यो सबैको लागि समावेशी, दिगो र सबै भन्दा राम्रो भविष्य हो भनेर सुनिश्चित गर्नुपर्दछ ।”
यी वक्ताहरू ८० भन्दा बढी देशहरूबाट आएका हजारौं अनलाइन सहभागीहरूसँग उद्योग नीतिले कसरी डिजिटल अर्थव्यवस्थाको विकासलाई प्रोत्साहन दिन्छ, आर्थिक पुनः प्राप्तिलाई सजिलो पार्छ र सबैको लागि राम्रो भविष्य निर्माण गर्छ भन्ने कुरामा छलफल गर्न सामेल भएका थिए ।
हुवावे बारे
१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो । हामी प्रत्येक व्यक्ति, घर र संगठनको लागि पूर्ण रुपमा जडित बौद्धिक संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध छौं । हुवावेको उत्पादनहरूको एन्ड टु एन्ड पोर्टफोलियो, समाधान र सेवाहरू दुबै प्रतिस्पर्धी र सुरक्षित छन् । इकोसिस्टम साझेदारहरूको साथ खुला सहयोगको माध्यमबाट हामी ग्राहकहरूको लागि स्थायी मूल्य सिर्जना गर्दछौं, सशक्तिकरणमा काम गर्छौं गृह जीवनलाई समृद्ध बनाउछौं र सबै आकृतिहरू र आकारहरूका संगठनहरूमा नवीनतालाई प्रेरणा दिने कार्य गर्छौं । हुवावेमा नवीनताले ग्राहकलाई पहिले श्रेणीमा राख्दछ । विश्वलाई अगाडि बढाउने टेक्नोलोजिकल सफलताहरूलाई ध्यानमा राखि हामी मौलिक अनुसन्धानमा ठूलो लगानी गर्छौं । हामीसँग लगभग १९४,००० कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देशहरू र क्षेत्रहरूमा कार्यरत भएर विश्वभर तीन अर्ब भन्दा बढी जनताको सेवा गर्दछौं । १९८७ मा स्थापना भएको हुवावे एउटा निजी कम्पनी हो जुन यसका कामदारहरूको स्वामित्वमा छ । अधिक जानकारीका लागि कृपया ह्वावे अनलाइन भिजिट गर्नुहोस् ।
हुवावे नेपाल बारे
हुवावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि ह्वावेले द्दन्रघन्रद्धन् टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै ूडिजिटल नेपालू को जग निर्माण ग¥यो । नेपालका २८ करोड भन्दा बढी जनसंख्याले हुवावेको समाधानबाट फाइदा पाइरहेका छन् । स्थानीय योगदानमा हुवावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सिर्जना गरेको छ । २०१५ मा ह्वावेले नेपाल सरकार र टेलिकम अपरेटरहरूलाई भूकम्पपछि नेटवर्क पुनः सुधार गर्न मद्दत प¥याएको थियो, टेलिकम्युनिकेसन सहज बनाएर प्रकोप उद्धारमा ठूलो योगदान पु¥याएको थियो । ह्वावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत प¥याएको थियो जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गर्ने छ । भविष्यमा ह्वावेले नेपाललाई अधिक प्रविधि जस्तै छन्, क्लाउड र ब्क्ष् ल्याइ डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।
प्रतिक्रिया