कोरोना कहर : वीरगन्जमा थप एक महिलाको मृत्यु

नेपालखोज २०७७ साउन १७ गते २२:४०

वीरगन्ज । वीरगन्जमा शनिबार साँझ थप एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। वीरगन्ज १६ नगवा निवासी ६८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए।

निमोनिया र श्वासप्रश्वासमा समस्या आएपछि वीरगन्जकै बयोधा अस्पतालमा भर्ना भएकी उनको गण्डक अस्पतालमा ल्याउने क्रममै बाटोमै ज्यान गएको उपाध्यायले बताए।

उनमा पनि शुक्रबार राति नै कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको थियो। यसअघि शुक्रबार बिहान मृत्यु भएकी नगवाकै ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार मात्रै वीरगन्जमा दुई जना महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। तर यसबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाँकी छ

प्रतिक्रिया