सोमबार सार्वजनिक बिदाकाे घाेषणा
नेपालखोज
२०७७ साउन १८ गते १५:२०
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रक्षा बन्धन तथा जनैपूर्णिमाको अवसरमा प्रदेश सरकारले एक दिन बिदा दिने निर्णय गरेको सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सूचना अधिकारी जागदीश जाेशीले जानकारी दिए ।
गतवर्ष पनि रक्षाबन्ध तथा जनैपूर्णिमामा विदा गरेकाे बताउँदै, उनले भने, ‘आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूदुरपश्चिमले हरेक वर्ष ६ दिन विदा दिने निर्णय गरेकाे छ जस अन्तर्गत प्रदेश राजपत्रमा जेठ २३ गते बसेकाे बैंठकले ४ दिन विदाकाे मिति सार्वजनिक गरिसकेकाे छ ।’
सोही निर्णय अनुसार सोमबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए । त्यस्तै आगामी भाद्र ७ गते, पुस २९ गते र चैत २३ गतेका पनि विदा घाेषणा गरिसकेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया