शनिबार, वैशाख १३, २०८२

आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालखोज २०७७ साउन १८ गते १६:५१

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी परीक्षण नगर्न निर्देशन दिएको छ । काेराेना १९ को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आरडिटी परीक्षण नगर्न निर्देशन दिएका छन् ।

७ वटै प्रदेश, स्थानीय तह तथा निजिअस्पताललाई आरडिटी परीक्षण नगर्न डा गौतमले पुन जानकारी गराएका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो ।

लामाे समय देखि विज्ञहरूले पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द स्वास्थ्य मन्त्रालयलाई सुझाव दिँदै आएका थिए  ।

प्रतिक्रिया