शुक्रबार, वैशाख १४, २०८१

वीरगन्जमा बरामद साढे २२ किलो सुनमा बीजेपी नेताका भाइको संलग्नता

नेपालखोज २०७७ कार्तिक १ गते १९:३८

काठमाडौं । प्रहरीले पर्साको वीरगन्जबाट बरामद गरको साढे २२ किलो सुनमा भारतको रक्सौलका बीजेपी नेता प्रमोदकुमार सिन्हाका भाइको संग्लनता रहेको खुलेको छ ।

प्रहरीले वीरगन्जबाट महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको थियो । पर्सा प्रहरीले भारत पूर्वी चम्मपारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको जनाएको थियो ।

तर सुनसँग कोही पनि पक्राउ परेका थिएनन् । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार अशोक सिन्हा बिहारको चुनावमा बिजेपीका तर्फबाट प्रत्यासीका रुपमा हेरिएका प्रमोदकुमार सिन्हाका भाइ हुन् ।

प्रहरीले २ घण्टा बढी अपरेसन चलाएर सुन बरामद गरेको थियो । सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । बरामद सुन नेपालबाट भारत लैजाने तयारी रहेको हुनसक्ने प्रहरी आशंका छ ।

प्रतिक्रिया