भुवन केसीलाई निरुताको समर्थन
काठमाडौं । अभिनेत्री निरुता सिंहले नायक भुवन केसीको समर्थन गरेकी छन् । पछिल्लो समय नेपाली फिल्म इन्डस्ट्री अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको विषयले गर्माएको छ ।
सामाजिक संजालमा पोष्ट गरेको सानो भिडियो र स्टाटासबाट सुरु भएको यी दुई बीचको द्वन्द्व अहिले अदालतसम्म पुगिसकेको छ । यस्तोमा दुवैले आफूलाई निर्दोष साबित गर्न हरकदम प्रयास गरिरहेका छन् भने आफ्नो पक्षमा बोलिदिन अन्य कलाकारहरुलाई पनि आग्रह गर्दै आएका छन् ।
जसकारण चलचित्रकर्मिहरु भुवन र साम्राज्ञी गरि दुई गुटमा विभाजित भएका छन् । यस्तैमा अभिनेत्री निरुता सिंहले पनि यस विषयमा आफ्नो समर्थन जनाएकी छिन् । सामाजिक संजालमा स्टाटस सेयर गर्दै निरुताले भुवनको समर्थनमा बोलेकी हुन् ।
अभिनेत्री निरुताले नेपाली चलचित्र क्षेत्रमा तुलसी घिमिरेद्वारा निर्मित चलचित्र ‘दक्षिणा’ मार्फत डेब्यु गरेकी थिईन् । जुन चलचित्रको नायकमा भुवन केसी थिए ।
त्यो एउटा चलचित्रबाट नै निरुताले निकै नाम कमाईन् जसकारण त्यस पश्चात उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । हाल निरुता लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएकी छिन् । तर भारतमै बसेपनि उनले नेपाली चलचित्र क्षेत्रका विभिन्न कार्यक्रमहरु र विवादका विषयहरुमा आफ्नो सहभागिता जनाउँदै आएकी छिन् ।
प्रतिक्रिया