शनिबार, वैशाख १५, २०८१

‘हिट हुन कालजयी गीत गाउनुपर्छ’

नेपालखोज २०७८ भदौ २३ गते ९:३४

गुल्मीमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएकी गायिका मञ्जु पौडेल लाखौं दर्शक–स्रोतामाझ लोकप्रिय छिन् । दशक बढी समयदेखि गायिका पौडेल गायन क्षेत्रमा सक्रिय छिन् । २०६३ सालमा मोफसलको रेडियोमा कार्यक्रम प्रस्तोता रहेकी गायिका पौडेलले काठमाडौंमा स्टार एफएम र नेपाल टेलिभिजनमा पनि कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी छिन् । उनी कार्यक्रम प्रोस्तातासँगै विस्तारै गायनको क्षेत्रमा प्रवेश गरेकी हुन् । गायिका पौडेल विकृतिमूलक गीत बाढीको फोहोरजस्तै बगेर जाने बताउँछिन् । प्रस्तुत छ गायिका पौडेलसँग नेपालखोजका लागि केशव भट्टराईले गरेको कुराकानी । www.nepalkhoj.com हेर्दै र पढ्दै गर्नुहोला । यहाँको सल्लाह तथा सुझावको हामी सधैं अपेक्षाकृत छौं ।

हाइलाइट्स :

-गीत–संगीतमा विकृति नआएका होइनन्, यसलाई सहजै स्विकार्नुपर्छ । ठूलो बाढी आउँदा धेरै फोहोर बगाएर लैजान्छ । बिस्तारै खोलाको पानी सफा भएर जाने हो । विकृतिको पछि लाग्नुभन्दा पनि आफ्नो जिम्मेवारी सम्झिएर काम गरे विकृतिले असर गर्दैन ।
– मोफसलका रेडियोमा कार्यक्रम प्रोस्ताताका रूपमा काम गर्दै गायनको क्षेत्रमा विस्तारै आएकी हुँ । म काठमाडौंमा स्टार एफएम र नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुँदै गायिका भएको हुँ । गायिका नै भएको त एक दशक पनि भएको छैन ।
–तीज गीत हिन्दु नेपाली नारीको विशेष पहिचान हो । तीज दुःखसुख साट्ने एउटा चौतारो हो । मेरा गीतमा पनि त्यस्तै किसिमका भावहरू रहन्छन् । मैले भन्दा पनि दर्शकहरूले सुनेर प्रतिक्रिया दिने कुरा हो ।
–कोभिडले गर्दा गायनको क्षेत्रमा हामी संकटपूर्ण अवस्थामा छौं । तीज विशेष कार्यक्रममा सहभागी हुन पाएका छैनौं । केही गीत गाउने र साथीसंगीसँग सामान्य भेटघाट गरेर दिन बित्दै छ । लेखन क्षेत्रमा अलिअलि कलम चलाउँछु, यसरी नै दिन बितेका छन् ।
–म गुड सिंगरभन्दा पनि पर्फमर हो । हजारौं दर्शकबीच मेरो प्रस्तुति रहने गर्छ । दर्शकको त्यो खालको जमघटको वातावरण नै नभएपछि मैले स्टेज कार्यक्रम गर्ने सम्भावना नै भएन । कोराना संक्रमण कम हुनेबित्तिकैको सुनौलो दिनको प्रतीक्षामा छु ।
–गीत–संगीत भनेको सामाजिक ऐना हो, गीतमा समाजमा देखिने तथा समाजले बोलेका कुरा हुनुपर्छ । मलाई नभए पनि धेरैजसोलाई गीतको भावले छुने गर्छ । धनाढ्य परिवारका छोरी–बुहारीहरू पनि धेरै पीडित छन् । ‘तीज आयो भन्छन् छैन ठाडो शिर…’ यस्तै यस्तै सामाजिक सन्देश बोकेको गीत हो ।
–विभिन्न दृष्टिकोणबाट तीजको आफ्नै महत्त्व छ । तीजमा चेलीबेटी घरमा ल्याउने चलन एउटा सत्कार पनि हो । तीज भन्नेबित्तिकै हाम्रो विशेष चाड हो, हामीले ब्लास्ट रूपमा मनाउनुपर्छ, मज्जाले रमाइलो गर्नुपर्छ, यो त हाम्रो हो नि भन्ने अपनत्वको महसुस मलाई हुन्छ ।
–मलाई सबै अग्रज कलाकारहरू जस्तो हरिदेवीले गाएको गीत मन पर्छ, बिमाकु्मारीले गाएका गीत मन पर्छन् । लक्ष्मी दिदी, शर्मिला दिदीलगायत सबैले गाएका गीत मन पर्छन् । तर मैले गुनगुनाई राख्ने एउटा गति छ लोकनाथ सापकोटा दाइले लेख्नुभएको हो । गीत हो ‘तीज आयो आएँ माइत, साहै्र खुसी लाछ मलाई त…’ ।
–गीत–संगीतमा विकृति नआएका होइनन्, आएका छन् । यसलाई सहज रूपमा स्विकार्नुपर्छ । ठूलो बाढी आउँदा धेरै कुरा बगाएर लैजान्छ । बिस्तारै–बिस्तारै खोलाको पानी सफा भएर जाने हो । विकृतिको पछि लाग्नु भन्दा पनि मेरो कर्तव्य र जिम्मेवारी के हो भनेर काम गरे भने विकृतिले त्यति असर गर्छ जस्तो लाग्दैन । विकाससँगै विकृति हुन्छ ठूलो रूपमा लिनु पर्दैन ।
–पछिल्लो समय भाइरल शब्द बढी भएको छ । कसरी आफूलाई कन्ट्रोभर्सीमा ल्याउने र के खालको कन्टेन्ट बनाउने भन्ने सोचले धेरैजसो कलाकार विवादमा आएको जस्तो लाग्छ मलाई । तर मेरो व्यक्तिगत भनाइचाहिँ तीज संस्कृतिअनुसार नै मनाऔं ।
–दर्शक–स्रोताको मनमा बस्नु नै हिट हुनु हो । विकृतिमूलक गीत गाउने सुपरहिट मानिँदैन । सुपरहिट कहिल्यै हुँदैन कलाकार । काम गर्दै जाँदा नयाँनयाँ अनुभव लिने हो । गीत क्षणिकभन्दा पनि कालजयी हुने किसिमले गाउनुपर्छ ।

प्रतिक्रिया