शुक्रबार, चैत ७, २०८१

भारतमा कोभिड–१९ सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो

नेपालखोज २०७७ साउन १९ गते १२:२३

नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९ सय ७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

Advertisement

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७ सय ७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १ सय ३५ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २ सय ३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ७९ हजार ३ सय ५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८ सय ४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५ सय ७६ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल चार लाख ४१ हजार २ सय २८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९ सय ६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ४ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा १० हजार ३ सय ५६ जना सङ्क्रमित अवस्थामा रहेका र ४ हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा १ लाख २३ हजार ३ सय १७ व्यक्ति कोरोना मुक्त भएका छन् ।  रासस/एएनआइ

प्रतिक्रिया