शनिबार, वैशाख २९, २०८१

मधुमेहका बिरामीले यी खानेकुरा खानु हुदैन्

नेपालखोज २०८० भदौ २५ गते १३:५२

मधुमेह चाँडै बढिरहेको र निको नहुने रोग हो । अहिले वृद्धवृद्धा मात्र नभई बालबालिका र युवाहरु पनि मधुमेहको सिकार भइरहेका छन् । यसबाट बिरामीको रगतमा चिनीको मात्रा बढ्न थाल्छ, जसले धेरै गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म चिनीको मात्रा बढ्नुले धेरै अंगलाई हानि पुर्‍याउँछ र शरीरलाई कमजोर र खोक्रो बनाउँछ ।

मधुमेह नियन्त्रण गर्न, स्वस्थ आहार लिनु महत्त्वपूर्ण छ । स्वस्थ आहारमा तरकारीको ठूलो भूमिका हुन्छ । तरकारी खाँदा रगतमा चिनीको मात्रा नियन्त्रणमा मात्र नभई धेरै स्वास्थ्य समस्याबाट बच्न पनि मद्दत गर्ने विज्ञहरू बताउँछन् । केही तरकारी यस्ता छन्, जसको सेवनले रगतमा चिनीको मात्रा छिटो बढाउँछ ।

रगतमा चिनीको मात्रा सामान्यभन्दा बढि रहने अवस्था नै व्यक्तिलाई ‘मधुमेह’ रोग अर्थात् ‘सुगर’ लागेको अवस्था हो । जसलाई समयमै नियन्त्रण नगरिएको खण्डमा परिणाम स्वरुपः व्यक्तिमा गम्भीर खालका स्वास्थ्य जटिलताहरु निम्तिने सम्भावना उच्च रहन्छ । तसर्थ मधुमेहका प्रत्येक बिरामीेले आफुले खान हुने र नहुने खानाको विषयमा आवश्यक जानकारक रहि सोहि अनुरुप खानामा नियन्त्रण गर्नुपर्दछ ।

स्वस्थ डाइट अर्थात्, आहारले रगतमा चिनीको मात्रालाई बढ्न नदिई सुगरलाई नियन्त्रण गर्दै शरीरको प्रतिरोध क्षमतालाई समेत चुस्त राख्न मद्दत गर्दछ । जसकारण व्यक्ति आफुले खान हुने वा नहुने खानाको सम्बन्धमा जानकारक रहनु पर्छ । यदि तपाई मधुमेहको बिरामी हुनुहुन्छ, भने यस आर्टिकलले तपाईलाई तपाईले खान नहुने खानाबारे उचित जानकारी प्रदान गर्न मद्दत गर्छ ।

मकै

मकै एक फाइबर, भिटामिन एवम् मिनरल्सयुक्त खाद्य हो । स्टार्चको मात्रा अधिक रहने भएकोले मकैले रगतमा चिनीको मात्रालाई प्रोत्साहन गर्छ । जसकारण पनि मधुमेह बिरामी मकै सेवनबाट टाढै रहनुपर्छ । यद्यपि मधुमेहका बिरामीले के बुझ्नुपर्छ भने, यी समूहले पनि चिकित्सकको सल्लाहअनुसार मकैको केहि मात्रा भने अवश्य उपभोग गर्न सकिन्छ ।

मह

हामीलाई थाहा छ, मा चिनीको मात्रा उच्च रहने भएकाले यसको सेवन मधुमेह बिरामीका लागि उचित मानिदैँन । तर, यसको अर्थ मधुमेहका बिरामीले मह खान छोड्नुपर्छ भन्ने होइन । यद्यपि अन्य खानाको मात्रासंग मिलाएर भने यसको सेवन अवश्य गर्न सकिन्छ ।

सेतो चामल

यसप्रकारको चामललाई स्वादिलो एवम् आकर्षण बनाउन तथा प्रशोधित गरी लामो समयसम्म उपभोगयोग्य बनाउनका लागि भुस र किटाणुरहित बनाइएका हुन्छन् । यसमा कार्वोहाइडेट तथा ल्ग्याईसेमिक सुचांकको उच्च मात्रा समावेश भएको हुन्छ । जसले चिनीको मात्रालाई अझ बढावा दिने काम गर्छ । तसर्थ मधुमेहका बिरामीले आफ्नो ह्वाइट राइस सेवनको बानीलाई सुधार्नुपर्छ । सेतो पाउरोटी समेत ह्वाइट राइसबाट नै बन्ने हुँदा मधुमेहका बिरामी यसको सेवनबाट टाढै रहन्छन् भने, यसको विकल्प स्वरुप उनीहरु ब्राउन वा वाइल्ड राइसको सेवन गर्छन् ।

फास्ट फुड(तयारी खाना)

फास्ट फुड पकाउन एवम् उपभोग गर्न सहज होस् भन्ने उद्देश्यका साथ तयार गरिएका खाना हुन् । यद्यपि यस्ता खाना स्वास्थ्यको दृष्टिकोणले उचित मानिदैन । सामान्यतयाः फास्ट फुडमा चिनी एवम् फ्याटको मात्रा उच्च रहने भएकोले यसको सेवन मधुमेह बिरामीका लागि हानिकारक मानिन्छ । यद्यपि कम फ्याट एवम् कार्वोहाइडे्रट भएको तरकारी वा मासुद्वारा निर्मित फास्ट फुडको सेवन भने गर्ने सकिन्छ ।

ड्राई फ्रुट्स

यस्ता खानामा भएका पानीलाई घामको किरण वा अन्य विविध माध्यमद्वारा निखारी सुख्खा बनाइएको हुन्छ ।
जसमा फाइबर, मिनरल्स एवम् भिटामिनको मात्रा अधिक रहन्छ । साथै यी खाना चिनी तथा क्यालोरीको दृष्टिकोणले पनि भरिपुणर् हुने भएकाले यसको सेवन मधुमेह बिरामीका लागि उचित मानिदैँन ।

प्रतिक्रिया