ज्यानकाे बाजी राखेर नदी तर्न बाध्य छन् कर्णालीका जनता
नेपालखोज
२०७७ साउन १९ गते १३:१४
कर्णाली । वर्षात शुरू भएसँगै आउने बाढी पहिरोको कारण कणाली क्षेत्रमा पर्ने धेरै ग्रामिण बस्तीका सर्वसाधारणले दुख, कष्ट भोग्दै आईरहेका छन् । उनीहरु ज्यानको बाजी लगाएर नदी तर्न वाध्य भएका छन् ।
केवल एक उदाहरण मात्र हो (तस्वीर) । कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
उक्त टाकुल्ला खोलामा आएको बाढीमा जोखिम मोलेर गाडी तारिंदै गरेको यो तस्वीरले स्थानीय जनप्रतिनिधि र सरोकारवालहरूको ध्यान केन्द्रित हुनु जरूरी छ । रासस
सम्बन्धित
प्रतिक्रिया