साेमबार काठमाडाैं उपत्यकाका ५१ जनामा काेराेना पुष्टि
नेपालखोज
२०७७ साउन १९ गते १६:४३
काठमाडाैं । पछिल्लाे २४ घण्टा यता काठमाडाैं उपत्यकामा मात्र थप ५१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
साेमबार स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गाैतमले काठमाडाैं जिल्लाका ४३ जना, भक्तपुरकाे ५ जना र ललितपुरकाे ३ जनासहित देशभर थप ४ सय १८ जनामा काेराेना देखिएकाे जानकारी दिए ।
हालसम्म नेपालभरी काेराेना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । त्यस्तै २४ घण्टामा ३ सय ५८ जना कोरोनामुक्त भएका छन्, याेसँगै काेराेनामुक्त हुनेकाे संख्या १४ हजार ९ सय ६१ पुगेकाे छ । नेपालमा हालसम्म ५७ जनाकाे काेराेनाबाट मृत्यु भइसकेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया