करणीको आरोपमा वडाध्यक्ष पक्राउ
नेपालखोज
२०७७ साउन २० गते १०:०४
गोरखा । विवाह गर्ने प्रलोभनमा १४ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । किशोरीलाई करणी गरेको आरोपमा गोरखाको पालुङटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
गाउँकै १४ वर्षीया किशोरीलाई विवाह गर्ने प्रलोभनमा बलात्कार गर्दै आएका रानाभाटलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। अभिभावकको उजुरीको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
पक्राउ गरि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। झण्डै ५० वर्षीय विवाहित रानाभाटले किशोरीलाई बिहे गर्छु भन्दै लामो समयदेखि पटक–पटक करणी गर्दै आएको पीडित किशोरीका अभिभावकको आरोप छ।
सम्बन्धित
प्रतिक्रिया