मंगलबार, जेठ ८, २०८१

नेपालमा देखियो लम्पी स्किन रोग, ठोस उपचार नहुँदा सल्लाहमा जुट्यो विभाग

नेपालखोज २०७७ साउन २१ गते १२:२४

काठमाडौं । २०७७ असारको अन्तिम सातातिर मोरङ जिल्लाका केही गाईमा लम्पी स्किन रोग देखियो । जसबाट १२ गाईको मृत्यु भएको थियो । मोरङ, रौतहट, चितवन र मकवानपुरमा गरिएका ३४ नमूना परीक्षणमा लम्पी स्किन रोग पोजिटिभ देखिएको प्रारम्भीक अनुसन्धानमा देखिएको पशु सेवा विभागले जानकारी दिएको छ ।

बुधबार विभागमा पत्रकार सम्मेलन गर्दै १ हजार ५ सय गाईमा यो रोगको संक्रमण पुष्टि भएको र १२ वटा गाईको भाइरस संक्रमणबाट मृत्यु भएको सूचना प्राप्त भएको छ । सूचना पाएलगत्तै पशु सेवा विभागबाट आवश्यक नमूना संकलन तथा अन्वेषणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरलाई निर्देशन दिइएको थियो ।

यो रोग लामखुट्टे, झिंगा तथा अन्य कीराको टोकाइबाट एकअर्कामा सर्ने गर्दछ । गाईभैंसीको उपचारका क्रममा एउटै सुईको पुनः प्रयोग, कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्नुका साथै संक्रमित पशुले जन्माएको बच्चामा पनि सर्ने पुष्टि भएको छ । हालसम्म यो रोगको खोप नेपालमा उपलब्ध छैन ।

गाईभैंसीमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो, कचेरा र सिंगान बग्ने, मुखबाट धेरै फिँज निस्कनेँ, ८० प्रतिशत दुध घट्ने, ४५ प्रतिशत बाँझोपना हुने तथा १० प्रतिशतको मृत्यु हुने जानकारी दिइएको थियो ।

हाल विभागले कोरोना महामारीका वेलामा पनि वैकल्पिक विधिहरुको प्रयोग गरी कृषक, सहकारी, प्राविधि र जनचेतना अभिमुखीकरणका कार्यक्रम तथा सूचना प्रकाशन प्रसारण गर्दै आएको जानकारी दिएइको छ ।

विशेषगरी गाई भैंसीमासमेत देखिने यो पक्स भाइरस समूहको हो । विगतका अफ्रिकी महादेशमा मात्र सिमित रहेको यो सन् २०१२ पश्चात् मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तानलगायत बालकन्स क्षेत्र हुँदै २०१९ जुलाइमा बंगलादेश र चीन हुँदै भारतमा देखापरेको थियो ।

प्रतिक्रिया