शनिबार, जेठ ५, २०८१

बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

नेपालखोज २०७८ साउन २७ गते १७:३०

काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार (भोलि) दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रतिक्रिया