बुधबार काठमाडौं उपत्यकामा ६२ सहित देशभर ३ सय ८१ जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन २१ गते १६:३८

काठमाडौं । पछिल्लो २४ घण्टा यता काठमाडाैं उपत्यकामा ६२ जनासहित ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टा यता देशभर ६ हजार ३ सय ५९ जनामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका ५७  र ललितपुर ५ सहित ३ सय ८१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको बुधबारको नियमित प्रेस विफ्रिङमार्फत प्रवक्ता डा गौतमले बताए ।
पछिल्लो २४ घण्टा यता जनामा कोरोनामुक्त संख्या १ सय ३० पुगेकाे छ । हालसम्म देशभर काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या  १५ हजार १ सय ५६ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा २ जनाको निधन भएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ ।

प्रतिक्रिया