सोमबार, चैत ३, २०८१

गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ साउन २२ गते ७:४८

पोखरा । गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज दिएको अपडेटअनुसार प्रदेशको चार जिल्लामा थप ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

नयाँ संक्रमितहरु नवलपरासी पूर्वका ३ जना, गोरखाका ६ जना, तथा पर्बत र कास्कीका एक एक जना रहेका छन् । संक्रमित २२ देखि ३५ बर्षसम्मका रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार ३५४ जना ठिक भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ५६६ पुगेको छ ।

प्रतिक्रिया