मंगलबार, चैत ११, २०८१

मान्छे चिन्न अनुहार भएको मास्क !

नेपालखोज २०७७ साउन २२ गते १०:५३

एजेन्सी । कोभिड -१९ का कारण अहिले माक्स अनिवार्य नै जस्तो भएको छ । माक्स लगाउदाँ मुख ढाक्ने भएकोले मानिसलाई चिन्न गाह्रो हुन्छ । यसै कुरालाई ध्यानमा राखेर भारतका एक फोटोग्राफरले फेस मास्कको सिर्जना गरेका छन् ।

Advertisement

भारतको केरलामा एकफोटोग्राफी पसल चलाइरहेका ३८ वर्षीय बिनेश जी पलले व्यक्तिको अनुहार देखिन सक्ने सुरक्षात्मक मास्क डिजाइन गरेका हुन् ।

बिनेशका अनुसार मास्कमा मानिसको अनुहारको फोटो प्रिन्ट गर्न २० मिनेट जति समयलाग्ने तथा एक मास्कको लागि ६० रुपैयाँ पर्ने हुन्छ ।

उनले डिजाइन गरेको मास्कले व्यक्तिलाई एक अर्कालाई चिन्न सजिलो बनाउने गर्छ ।

प्रतिक्रिया