कैलालीमा आजदेखि राति हिँडडुल गर्न नपाइने
नेपालखोज
२०७७ साउन २२ गते ११:०४
काठमाडौं । कैलालीमा आजदेखि राति हिँडडुल गर्न नपाइने भएको छ । गृह मन्त्रालयलको निर्देशनपछि कैलालीमा रातको समयमा सवारी साधन र पैदल यात्रामासमेत रोक लगाइएको जिल्ल प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
आजबाट लागु हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीकाअनुसार कोरोना भाइरसको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न यो व्यवस्था लागु गर्नुपरेको हो ।
सरकारले कोरोनाको संख्या दुई सय बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको थियो । कैलाली जिल्लामा हालसम्म १३ सय बढी संक्रमति भेटिएका छन् भने जसमध्ये २९६ सक्रिय संक्रमित छन् । चौधरीकाअनुसार कैलालीमा जोर(बिजोर प्रणाली पनि आजबाटै लागु भएको छ ।
सम्बन्धित

प्रतिक्रिया