मंगलबार, जेठ ८, २०८१

एनसीसी बैंकको सिइओमा फेरी रमेश अर्याल नियुक्त

नेपालखोज २०७७ साउन २२ गते १६:०४

काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश अर्याल फेरी मनोनित भएका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले अर्याललाई आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरेको जनाएको छ ।

असोज १ गतेदेखि अर्यालको दोश्रो कार्यकाल सुरु हुनेछ अर्याल वि.स. २०७३ असोज १ गते बैंकको सिइओ नियुक्त भएका थिए । सहायक प्रबन्धकको रुपमा एनसीसी बैंकमा प्रवेश गरेका थिए ।

नेपाल ग्रीन्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश आरम्भ गरेका अर्यालले करिब २४ वर्षदेखि एनसीसी बैंकमा काम गर्दै आएका छन् ।

 

प्रतिक्रिया