शनिबार, वैशाख ८, २०८१

अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा, बिक्रीदर १२७ रुपैयाँ ८ पैसा

नेपालखोज २०७९ साउन २१ गते ११:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ६६ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया