भोलि र पर्सी काठमाडौंका विभिन्न स्थानको विद्युत काटिँदै
नेपालखोज
२०७७ साउन २२ गते २१:४०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि र पर्सी राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालकाअनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ। प्राधिकरणकाअनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया