बौद्धमा आमाछोरीमाथि थिनर आक्रमण
नेपालखोज
२०७७ साउन २३ गते ७:५६
काठमाडौं । काठमाडौं बौद्धको चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई थिनर आक्रमण गरेका छन् । घरायसी विवादमा विष्ट थरका एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई थिनरले आक्रमण गरेका हुन् ।
बिहीबार राति भएको यो घटनापछि घाइते भएका आमा छोरीलाई अस्पतालमा उपचार गरिइएको छ । तिलगंगा आँखा अस्पतालमा दुवैको उपचार भइरहेको छ ।
आमाको स्वास्थ्य सामान्य भए पनि छोरीको आँखामा बढी समस्या देखिएको छ । रङ पातलो बनाउन वा दाग हटाउन प्रयोग हुने थिनर एसिडजस्तै एक केमिकल हो ।
सम्बन्धित
प्रतिक्रिया