बुधबार, वैशाख १२, २०८१

पत्रकारमाथि जाइलाग्दै नायिकाहरू

नेपालखोज २०७७ साउन २५ गते ११:०७

एजेन्सी । पछिल्लो समय नेपाली चलचित्र जगतमा टिका टिप्पणी, गसिप गर्ने क्रम बढेको छ । यहाँ कलाकार-कलाकारबीच मनमुटाव भइरहेको छ । एकले अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् ।

यस अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले प्राइम टेलिभिजनमा लिएको अन्तरवार्तामा नायिका पुजा शर्माले नेपालमा कति प्रदेश र जिल्ला छन भन्ने प्रश्नको गलत जवाफ दिएपछि सामाजिक संजालमा अन्तरवार्ता निकै भाइरल बनेको थियो भने नायिका शर्मालाई लिएर थुप्रै ट्रोल पनि बनेका थिए ।

नायक भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद सेलाउन नपाउँदै नेपाली सिनेजगतमा अर्को विवाद सुरु भएको छ । टेलिभिजन कार्यक्रम रजतपटमा प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रमको सुरुवातमा बलिउड नायिकाको उदाहरण दिँदै उनीमाथि तथानाम भनेका छन् । उनले टिकटक पुस्ताको हावी भएको भन्दै कसैले पनि घमन्ड गर्न नमिल्ने बताएका छन् ।

उनले भनेका छन्, ‘अन्तरवार्ता दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई अनि हामीले चाहिँ लिएको अन्तरवार्ता एडिट गरिदिनु पर्ने, त्यो पनि मिलाई मिलाई ।’ पूजालाई लक्षित गर्दै उनले भने, ‘महानायिका बनाइ दिनुपर्ने, त्यो पनि दाह्रा निस्केको अनुहारलाई ?’

यसको पछिल्लो उदाहरण नायिका ऋचा शर्मा बनेकी छिन् । उनले प्रकाशको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी छिन् । यद्यपि, ऋचाले प्रकाशको नाम कहिँ कतै लिएकी भने छैनन् ।

उनले प्रकाशमाथि कटाक्ष गर्दै भनेकी छिन्, ‘जब–जब मान्छेले आफू अहंकार र अभिमानको बाटो रोजेका छन्, ठूला–ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नु परेको छ ।’ ऋचाले आज बिहान आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेखेर तिखो जवाफ फर्काएकी छिन् । जसमा उनले भनेकी छिन्, ‘तँ दारे छस्, तँ काली छस् , भ्यात्त परेकी छस् । यस्ता शब्द तपाइलाई राष्ट्रिय टेलिभिजनमा एउटा कार्यकर्म प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ?’

एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ। मेरो शरीरको बनावट उनीहरुले चाहेझै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु।’

यस्तै उनी थप्छिन्, ‘जब-जब मान्छेले आफुलाई संरक्षक कहलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूला-ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस। कसैले हिन्दीमा तपाईलाई उखान सुनाएमा, अंग्रेजीमा, ‘I am unapologetically owning myself, can you kindly shut up?’ भनिदिनुहोस।’ 

यस्तै, ऋचाले आफूहरु परिश्रम र क्षमताले कलाकार भएको र कसैले पनि आफूहरुलाई महानायिका बनाउन नपरेको पनि स्पष्ट पारेकी छिन् । यसबारे उनले भनेकी छिन्, ‘हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन्। कठै हाम्रो समाज र ती अग्रज भनाउँदाहरु, त्यों भन्दा कठै उनीहरुको सोच ।

उनले प्रकाश सुवेदीको नाम नलिएपनि कार्यक्रमको भने नाम लिँदै भनेकी छिन्, ‘मैले बुझेको रजतपटको अर्थ ९ चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुँदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ ।’

प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका पुजा शर्माले पनि स्टेटस लेखेर आफ्नो आक्रोश पोखिसकेकी छिन् ।

प्रतिक्रिया