शनिबार, वैशाख ८, २०८१

ईरानका शेरविन हाजीपारलाई ग्रामी अवार्ड

नेपालखोज २०७९ माघ २४ गते ११:०१

एजेन्सी । महसा अमिनीको मृत्युपछि इरानमा ठूलो मात्रामा हिजाब र सरकार विरोधी प्रदर्शनहरु भएका थिए । त्यही आन्दोलनको समर्थनमा शेरविनले आफ्नो इन्स्टाग्राममा एउटा गीत पोस्ट गरेका थिए । उक्त गीत विश्वभर भाइरल मात्र भएन इरानी प्रदर्शनकारीहरूको आन्दोलनको थिम गीत ( एन्थम ) जस्तै पनि भयो ।

यहि गीतका कारण शेरविन पक्राउ समेत परे । कैयौं दिन जेलमा बिताएपछि उनले अक्टोबर २०२२ मा जमानत त पाए तर उनलाई इरान बाहिर जान निषेध गरियो । मानवअधिकारकर्मीहरूका अनुसार सरकारले उनिमाथि शासनविरुद्ध प्रचार गरेको तथा हिंसा भड्काएको आरोप लगाएको छ । उनलाई छ वर्षसम्मको सजाय हुन सक्छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले शेरविन अवार्ड प्रदान गर्ने घोषणा गर्दै भनेकि छिन, ‘गीतले मानिसलाई जोड्न, प्रेरित गर्न र संसारलाई परिवर्तन गर्न सक्छ, यो गीत महसा अमिनीको समर्थनमा भएको प्रदर्शनको एन्थम बनेको छ ।’ यो गित स्वतन्त्रता र महिला अधिकारको समर्थनमा शक्तिशाली काव्यात्मक नारा बन्न सफल भएको छ । ग्रामी अवार्ड पाएपछि सामाजिक सञ्जालमा शेरविनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनी अँध्यारो कोठामा बसेका देखिन्छन भने अवार्ड पाएको खबर सुनेर उनका आँखा आँसुले भरिएका छन् ।

उनले भर्खरै आफ्नो इन्स्टाग्राममा लेखेका छन् – हामीले जित्यौं। यो गीतका पङ्क्तिहरू ती अधिकारका प्रती प्रतिबद्ध छन् जुन मानिसका लागि आधारभूत छन् तर इरानमा यसलाई अपराध मानिन्छ । यसमा महिला अधिकार र स्वतन्त्रताको मात्र होइन सबै किसिमका नागरिक र आधारभूत अधिकारको कुरा गरिएको छ । शान्ति र समृद्धिको वकालत गरिएको छ ।

यसका केही पङ्क्तिको नेपाली भावानुवाद यस प्रकार छ : हामी सडक र गल्लीमा नाच्दैछौ त्यो डरका बिरुद्ध जुन हामी एउटा मीठो चुम्बनगर्दा महसुस गर्छौ हामी सडक र गल्लीमा नाच्दैछौ हँसिलो अनुहारका लागि, विद्यार्थीहरूका लागि र भोलिका लागि लामो रात पछि उदाउने घामका लागि सबै मानव, देश र समृद्धिका लागि ती सबै केटीहरुका लागी जो केटा हुन चाहन्छन् मेरि बहिनी, तिम्रि बहिनी, हामी सबैका दिदीबहिनीहरूका लागि महिलाका लागि, जीवनका लागि, स्वतन्त्रताका लागि स्वतन्त्रताका लागि, स्वतन्त्रताका लागि …

प्रतिक्रिया