वियर खाँदा धेरै दूध दिने भैंसी
नेपालखोज
२०७७ साउन २५ गते १२:१५
एजेन्सी । अहिलेसम्म भैंसीलाई पौष्टिक आहार खुवाएर बढी दूध दिएको खबर हामीले सुनेकै हो । तर, एक किसानले भैंसीमाथि अनौठो प्रयोग गरेका छन् । भारतको लखनउका एक किसानले भैंसीले बीयर पिएपछि धेरै दूध दिएको दाबी गरेका छन् ।
भैंसीलाई बीयर खुवाउन थालेपछि भैंसीले बढी दूध दिन थालेको उनले बताएका छन । यो कुरा बाहिरीए सँगै सबैले आ आफ्नो धारणा दिइरहेका छन । उनको दाबीलाई सत्य मान्न नसकिने स्थानीयहरूले बताउछन् । तर मदिरा बनाउँदा फ्याँकिने वस्तुले चाहिँ भैंसीलाई पौष्टिक आहाराको काम गर्ने अनुभवी कृषकहरू बताउछन् ।
बीयर दूधभन्दा महँगो पर्ने भएको ले धेरै दूध आउने भएपनि बीयर खुवाउनु उचित नभएको एकथरीको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया