बुधबार, जेठ ९, २०८१

खानेपानी संस्थानका इन्जिनीयर साह रङ्गेहात पक्राउ

नेपालखोज २०७७ साउन २६ गते १२:३६

काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई २ लाख ३३ हजार ५ सय नगद र बैंकमा जम्मा गरेको ८ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौं आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको आयोगले जानकारी दिएकाे छ ।

प्रतिक्रिया