मंगलबार, चैत ४, २०८१

सोमबार ३७ अंकले बढ्यो नेप्से, साँढे एक अर्बमाथिको कारोबार

नेपालखोज २०७७ साउन २६ गते १५:३०

काठमाडौं । सोमबारको नेप्से परिसूचक ३७.७४ अंकले बढेर १४३० अंकमा पुगेको छ । परिसूचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६३ अंकले बढेर २ सय ९८ अंकमा पुगेको छ ।

Advertisement

सामान्य उतारचढाब देखिएको सोमबारको बजारमा कूल १ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै १ सय ८९ कम्पनीको ४२ लाख ५२ हजार ८ सय ८ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार म्युचअल फण्ड बाहेक बाँकी सबै परिसूचाकं हरियो छन् । निर्जीवन बीमा समूह २८३ र जीवन बीमा समूह २२३ अंकले बढेको छ । म्युचअल फण्ड समूह ०.०३ अंकले ओरालो लाग्यो । त्यस्तै वाणिज्य बैंक समूहको सूचक ३२.९३ अंकले माथि लागेको छ ।

प्रतिक्रिया