साेमबार काठमाडाैं उपत्यकामा थप ४४ जनामा काेराेना
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ४४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६ तथा ललितपुर र भक्तपुरमा ४–४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
साेमबार देशभर ३ सय ३८ जना काेराेना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ भने काेराेनामुक्त हुनेकाे संख्या १६ हजार ४ सय ९३ पुगेको छ।
त्यस्तै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार १सय ८० पुगेको छ । काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन् ।
काेराेनाबाट काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टा यता २ जनाकाे मृत्यु भएकाे छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा मृत्यु भएकाे हाे भने अर्काे कलंकी ट्याङ्ला फाँटका निवासी ६४ वर्षीय पुरूषकाे निधन भएकाे छ । नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७९ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया