आइतबार, वैशाख १४, २०८२

अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगिटिभ

नेपालखोज २०७७ साउन २७ गते ७:५९

काठमाडौं । नायक अनमोल केसी र नायिका उपासनासिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । केही दिन अगाडि एक विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा नायक अनमोल केसी र नायिका उपासनासिंह ठकुरी कन्टयाक्ट ट्रेसिङमा परेका थिए ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरुको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिएको र उनी अनमोल र उपासनाको फोटोसुटको दिन उनीहरुसँगै रहेकाले पनि दुई कलाकार कन्टयाक्ट ट्रेसिङमा परेका थिए । यसपछि अनमोल र उपासनाको स्वाब संकलन गरिएको थियो ।

नायक अनमोल केसीले भने–‘स्वाब संकलन भएपछि रिपोर्ट नआन्जेलसम्म त डर नै लागेको थियो । तर, रिपोर्ट आएपछि ढुक्क भएको छ ।’ स्वाब संकलन गरिएपछि अनमोल घरमै आइसोलेसनमा बसेका थिए । उनले, घरमा पनि सामाजिक दुरी कायम गरेर बसेको जानकारी दिएका थिए । लकडाउन खुलेसँगै अनमोल निरन्तर विज्ञापनको छायांकनमा व्यस्त छन् ।

 

प्रतिक्रिया