मंगलबार काठमाडाैं उपत्यकामा थप १ सय ३४ जनामा देखियाे काेराेना
नेपालखोज
२०७७ साउन २७ गते १६:५१
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
मंगलबार काठमाडौं जिल्लामा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । साेमबार उपत्यकामा ४४ जनामा काेराेना देखिएकाे थियाे ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ। त्यस्तै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ३ सय १४ पुगेको छ ।
कोरोनाबाट काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा यता ४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया