बिहीबार, जेठ १०, २०८१

अन्तर्राष्ट्रिय सीमानाका भदौ ३१ सम्म बन्द, भारतबाट आउनैपर्नेलाई १० वटा नाकाबाट मात्रै अनुमति

नेपालखोज २०७७ साउन २७ गते १७:५७

काठमाडौं । सरकारले साउन २७ गतेको मन्त्रिपरिषद्काे बैठकले भारतबाट नेपाल आउनैपर्ने नेपालीहरुका लागि १० वटा सीमा नाका छुट्याएको छ । यसअघि जेठ १२ गतेको बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको जानकारी प्रवक्ता खतिवडाले दिए ।

यसैगरी, नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म कायम हुनेगरी निर्णय गरेकोमा अहिले भदौ ३१ सम्म समय बढाइएको हो ।

प्रतिक्रिया