शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द
नेपालखोज
२०७७ साउन २७ गते १८:१५
काठमाडौं । कोरोना संंक्रमित बढेकाे कारण संचालन हुन नसकेका शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द हुने भएकाे छ ।
मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जानकारी दिएका छन ।
त्यस्तै २ सय भन्दाबढी काेराेना संंक्रमित रहेका जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ । खतिवडाले २ सयभन्दा बढी संक्रमित रहेकाे जिल्लामा अत्यावश्यक काम बाहेकले आवतजावत गर्न नपाउने निर्णय भएकाे जानकारी दिए ।
त्यस्तै सेमिनार, पार्टी प्यालेस, सैलुन र पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको खतिवडाले बताए ।
सम्बन्धित
प्रतिक्रिया