मंगलबार, असार १७, २०८२

पोखरामा एकै परिवारका ९ जनामा कोरोना पुष्टि, उच्च सतर्कता

नेपालखोज २०७७ साउन २७ गते २०:३६

कास्की । पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ। पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए।

उनकाअनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको हो। जससमा ६ महिला (१ बच्चासमेत) र १ जना पुरुष छन्। यसअघि २ जना (महिलारपुरुष) संक्रमित थिए।

गण्डकी स्वास्थ्य निर्देशनालयले आज साँझ विज्ञप्ति जारी गरी वडा ९ का ४ महिलाहरु वर्ष ११, ३५, २७, ३७ तथा पुरुष वर्ष ३० र ३१ मा कोरोना पुष्टि भएको जनाएको छ। वडामा पहिले २ र अहिले ७ गरी कुल ९ जनामा कोरोना देखिइसकेको महानगरका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यलाई उद्घृत गर्दै वडाध्यक्ष लामिछानेले दाबी गरे।

वडाले सोमबार नै सूचना जारी गरी अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरिसकेको थियो। अब थप सचेतना उपाय के गर्नेबारे सरोकारवालासँग छलफल गरी निर्णय गरिने उनले बताए। वडा ९ पोखराको मुख्यबजार क्षेत्र पर्छ।

पोखरामा हालसम्म १ सय ६४ जना संक्रमित भेटिएका छन्। मंगलबार मात्र पोखरामा १५ जना संक्रमित थपिएका हुन् । बिहान पोखरा वडा ५ का ११ वर्षीय बच्चा ९पुरुष० र ३८ वर्षीया महिला, वडा १७ की ४५ वर्षीया महिला र वडा ३० का ३० वर्षीय पुरुषलाई कोभिड–१९ पुष्टि भएको थियो। त्यस्तै, साँझ वडा ९ र वडा १९ मा गरी ११ संक्रमित भेटिएका हुन्। वडा १९ का ५२, ८०, ६१ र २५ का ४ जना महिलामा संक्रमण देखिएको छ। त्यस्तै पोखराकै वडा नखुलेकी ३७ वर्षीया महिला छन्।

प्रतिक्रिया