कोरोना कहर : विश्वमा संक्रमित संख्या २ करोड नाघ्यो

नेपालखोज २०७७ साउन २८ गते ६:३५

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइसर (कोभिड १९) संक्रमितको संख्या विश्वमा २ करोड नाघेको छ ।

ओल्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ हजार नाघेको छ । भने विश्वमा हालसम्म १ करोड ३४ लाख बढी कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ४४ हजार ४ सय बढिले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमिणबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । भने दोस्रो स्थानमा ब्राजिल छ । छिमेकी देश भारतमा हालसम्म २३ लाख २८ हजार बढी संक्रमित छन भने त्यहाँ ४६ हजार बढीले ज्यान गुमाइ सकेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

हालसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागिसकेको छैन । यद्यपि विश्वका थुप्रै देशमा कोरोना संक्रमण निको पार्ने खोप विकासको प्रयास भइरहेका छन् । कितपय देशमा खोपको क्लिनिकल परीक्षण पनि भइरहेको छ ।

प्रतिक्रिया